नयाँ सालैजो- बगेर आयो | New Salaijo -Bagera Aayo |
Khadga Garbuja Khadga Garbuja
14.9K subscribers
12,874 views
214

 Published On Jan 22, 2024

गीत - नयाँ सालैजो- बगेर आयो | New Salaijo -Bagera Aayo | #khadgagarbuja - #mina Garbuja -Juna Shrees Magar
स्वर - खड्ग गर्बुजा / मीना गर्बुजा / जुना श्रीस मगर - Vocal - Khadga Garbuja - Juna Shrees Magar - Mina Garbuja
संगीत - खड्ग गर्बुजा - Music - Khadga Garbuja
रचना - खड्ग गर्बुजा - Lyrics - Khadga Garbuja
रेकर्डिस्ट - प्रकाश खरेल - Recordist - Prakash Kharel
स्टुडियो - म्यूजिक नेपाल - Studio - Music Nepal


केटा - हे बगेर आयो म्याग्दी र काली ए हो धौलागिरी रुनाले !

केटी - हा धौलागिरी रुनाले

केटा - हे नाम लिंदै आईयो भेट हुन पाईयो ए हो सालैजो सम्झना हुनाले

केटी - हा सम्झना हुनाले

केटा - ए हो सालैजो

केटा/केटी - सम्झना हुनाले

केटा/केटी - टाढा हुँदा दिन बित्यो रुनाले ! भयो भेट सम्झना हुनाले !!


केटा - हे गोठिला दाईको गोठैमा भैंसी ए हो सालैजो ठेकीमा मोही छैन !

केटी - हा ठेकीमा मोही छैन

केटा - हे छोडेर जान मन मेरो छैन ए हो सालैजो बस भन्ने कोहि छैन !!

केटी - हा बस भन्ने कोहि छैन

केटा - ए हो सालैजो

केटा/केटी - बस भन्ने कोहि छैन

केटा/केटी - गोठमा भैंसी ठेकीमा मोही छैन ! बस भन्ने यो ठाउँमा कोहि छैन !!


केटा - हे अर्कैको वारी अर्कैको खेती ए हो सालैजो टिपेर खाम भने !

केटी - हा टिपेर खाम भने

केटा - हे मुटुमा गाँठो परेर आउँछ ए हो सालैजो छोडेर जाम भने !!

केटी - हा छोडेर जाम भने

केटा - ए हो सालैजो

केटा/केटी - छोडेर जाम भने

केटा/केटी - गाल पर्छ कि टिपेर खाम भने ! मन मान्दैन छोडेर जाम भने !!


नमस्कार ! म खड्ग गर्बुजा, नेपाली लोक संगीत को सेवक ।
लोक सङीत पृथ्वीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकास भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, ती सबै गरीदिनुहुन पनि हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।

Social Links:-
Facebook
https://www.facebook.com/profile.php?...
Facebook page
https://www.facebook.com/profile.php?...
Instagram
:-  / khadga_garb.  .
Twitter
:-  / khadgagarbuja  
Google acc
:-https://plus.google.com/1122493141799...
You tube
:-https://www.youtube.com/channel/UC7nf...

Contact Me:- 9851093237

Join this channel to get access to perks:

Join this channel to get access to perks:
   / @khadgagarbuja  
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
धन्यवाद ।

Embedding to a website is allowed

show more

Share/Embed