छ फूल वनैमा - दोहोरी गीत || Chha Fula Bnaima || Khadga Garbuja - Mina Garbuja - Nita Pun
Khadga Garbuja Khadga Garbuja
14.9K subscribers
47,809 views
608

 Published On Oct 17, 2023

गीत - छ फुल वनैमा ( दोहोरी गीत ) - Chha Fula Vanaima ( Dohori Git )
स्वर - खड्ग गर्बुजा / मीना गर्बुजा / नीता पुन - Khadga Garbuja - Mina Garbuja - Nita Pun
संगीत - खड्ग गर्बुजा - Khadga Garbuja
रचना - खड्ग गर्बुजा - Khadga Garbuja
रेकर्डिस्ट - दिपेश प्रधान - Dipesh Pradhan
स्टुडियो - म्यूजिक नेपाल - Music Nepal


केटा - जति टाढा यो ज्यान भाको छ ! उति मायाँ थपिँदै आको छ !! छ फुल वनैमा, निस्ठुरीले बिर्सेर गएनी सम्झना मनैमा

केटी - डाँडा पारी मायाँको घर ! मनले देखि मेटिन्न रहर !! छ फुल वनैमा, निस्ठुरीले बिर्सेर गएनी सम्झना मनैमा

केटा - मायाँ पारी म रुन्छु वारी ! चैते हुरी लैजा न बढारी !! छ फुल वनैमा...

केटी - न त चिठी न आँफै आउँछ ! काली गङ्गा बिचैमा सुसाउँछ !! छ फुल वनैमा...

केटा - सँधै मलाई झझल्को आउँछ ! जता हेरयो उतै मन टोलाउञ्छ !! छ फुल वनैमा...

केटी - जान्छ मेरो रोएर दिन ! चर्को घाम लाग्दछ मलिन !! छ फुल वनैमा...

केटा - न त देख्छु न सुन्छु बोली ! बोल्न मन लाग्दैन दिल खोली !! छ फुल वनैमा...

केटी - मरिन्छ कि भेट नभई हाम्रो ! सपनीमा देख्दैछु नराम्रो !! छ फुल वनैमा...

केटा - मरें भने भेट नभै सानी ! उडि आउँला बनेर खरानी !! छ फुल वनैमा...

केटी - यो मनले के देख्छ के देख्छ ! निधारमा भावीले के लेख्छ !! छ फुल वनैमा...

केटा - अल्को डाँडा भत्के नी हुन्थ्यो नी ! म रोएको मायाँले सुन्थ्यो नी !! छ फुल वनैमा...

केटी - रत्ती भरी रहेन आश ! खसे हुन्थ्यो बरु त्यो आकाश !! छ फुल वनैमा...

केटा - जोडी न्याउली देखेर वनमा ! आँधी भेरी चल्छ यो मनमा !! छ फुल वनैमा...

केटी - विपनीमा यो मन रुन्छ ! सपनीको भरैमा के हुन्छ !! छ फुल वनैमा...

केटा - यो जुनी त यत्तिकै भयो ! अर्को जुनी हुन्छ कि आश रहयो !! छ फुल वनैमा...

केटी - कुन जुनीको के थ्यो र पाप ! आज हाम्लाई लाग्यो यो सराप !! छ फुल वनैमा...

केटा - कि त वार कि पार लाईदेउ ! जोडी पारी सत्रु न हंसाईदेउ !! छ फुल वनैमा...

केटी - काली गङ्गा एकैछिन रोक ! नबनाईदेउ हाम्रो यो बिजोक !! छ फुल वनैमा...


जदौ जदौ जदौ ! म एउटा गाईने, अथवा नेपाली सङ्गीत को सेवक खड्ग गर्बुजा हुँ ।
लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ ।
साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।

Social Links:-

Facebook
  / khadga.garbuja.5  
  / khadga.garbuja.7  
  / khadga.garbuja.35  
  / khadga.garbuja.90  
https://www.facebook.com/profile.php?...
:-https://www.facebook.com/profile.php?...

Facebook page
:-  / khadga.garbuja  
Instagram
:-  / khadga_garb.  .
Twitter
:-  / khadgagarbuja  
Google acc
:-https://plus.google.com/1122493141799...
You tube
:-https://www.youtube.com/channel/UC7nf...

Contact Me:- 9851093237

Join this channel to get access to perks:

Join this channel to get access to perks:
   / @khadgagarbuja  


यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
धन्यवाद ।

Embedding to a website is allowed

show more

Share/Embed