मनको आँगनमा म्युजिक भिडियोको लोकार्पण
Sankalpa Production Sankalpa Production
1.08K subscribers
92 views
6

 Published On Jun 8, 2024

आज दार्जिलिङ पहाडका एक अग्रज कलाकार भाइलिन वादक गौतम लेप्चा जसले बलिउड जगतका प्रसिद्ध चलचित्र शोलेमा आफ्नो बाद्यवादनबाट विशेष साथ अनि संगत गरेका थिए। कलाकार गौतम लेप्चाले आफ्नो भायोलिन वादन क्षेत्रबाट दार्जीलिङको सबैभन्दा प्रसिद्ध सांस्कृतिक टोली कार्निभल ब्याण्डमा पनि धेरै वर्ष काम गरेका थिए। लेप्चाले आफ्नो कलाकारिताको यस्तै योगदान अनुरूप कार्निभल साङ्गीतिक टोलीद्वारा सम्मान ग्रहण पनि गरिसकेको छ।
यसै सन्दर्भमा कलाकार गौतम लेप्चाद्वारा निर्मित
गौतम लेप्चाकै निवास स्थानमा मेरो मनको आँगनमा म्युजिक भिडियोको लोकार्पण गरिएको छ। जुन म्युजिक भिडियोलाई आफ्नी श्रीमती स्व मणिका लेप्चा प्रति समर्पित गरिएको छ।
अनिल बीकेद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम दलसिंह अकेलाको विशेष आतिथ्य, प्रशान्त वाइबाको विशिष्ट आतिथ्य कलाकारहरू क्रमैसँग चन्दन लम्जेल, दिनेश गुरुङ, धीरज निशाकर, सुरेन वर्मे, नायिका सन्जना ठटाल, प्रणय लामा, दिवस गुरुङ, किरण मोक्तानको उपस्थितिमा गरियो।
उक्त म्युजिक भिडियो गौतम लेप्चाको संगीत, गीतकार पुरण गिरीको शब्द रचना, प्रशान्त वाइबाको परिकल्पना अनि गायिका डेजी बराइली द्वारा प्रस्तुत गरिएको छ भने उक्त म्युजिक भिडियोलाई किरण ठकुरी अनि भवेश ठकुरी द्वारा निर्देशन, छांयाकन गरिएको छ भने बाल कलाकार सुप्रिया हरिजन रहेको छ।

show more

Share/Embed