Rupantaran; kehi krishika kuraharu |रुपान्तरण, केही कृषिका कुराहरु |Episode 3| PMAMP, PIU, Chitwan
AFU Studio AFU Studio
332 subscribers
339 views
26

 Published On Premiered Sep 17, 2024

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बाली/बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आबश्यक पूर्वाधारको ब्यवस्था जस्ता कृषि कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरिएको परीयोजना हो प्रधानमन्त्ती कृषि आधुनिकीकरण परियोजना । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ नेपालको कृषि क्षेत्रलाइ आगामी २० वर्षसम्म मार्ग निर्देश गर्ने कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक संस्थागत जनशक्ति मार्फत तयार गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ.व. २०७३/७४ देखि लागू हुने गरी १० वर्ष अवधिको लागि सञ्चालनमा ल्याइएको छ। यस परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम र बृहत्तर व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम गरी जम्मा चार वटा सम्भागहरु छन् । जसअनुरुप चालु आ.व. २०७३।०७४ देखि चितवन जिल्लामा तरकारीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास कार्यक्रम संचालनमा आएको थियो । आ.व. २०७५/७६ देखि केरा र मौरीका व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास कार्यक्रमहरु संचालनमा आएका हुन भने आ.व.२०७६/७७ देखि धानको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास कार्यक्रम संचालनमा आर्इ हाल चितवनमा ४ वटा जोनहरु संचालनमा रहेका छन् । (source: https://piuchitwan.pmamp.gov.np/intro...)
website : https://piuchitwan.pmamp.gov.np/intro...
all video and photos source: PMAMP, PIU, Chitwan
📺 Don't forget to:
Like 👍
Subscribe 🔔
Hit the bell icon for updates 🛎️
Share your thoughts in the comments below, and let us know what topics you'd like us to cover in future episodes!
Spotify for podcasters: https://podcasters.spotify.com/pod/sh...
Spotify: https://open.spotify.com/show/06SbPHD...

show more

Share/Embed