बहुपति प्रथा यौन र मातृसत्ताभन्दा माथिको कुरा हो : मीनबहादुर भाम | Min Bahadur Bham
Himal Khabar Himal Khabar
13K subscribers
4,253 views
60

 Published On Sep 30, 2024

बहुपति प्रथा यौन र मातृसत्ताभन्दा माथिको कुरा हो: मीनबहादुर भाम | Min Bahadur Bham

हिले जेजति छलफल भइरहेको छ, त्यो एकदमै सतही कुरामाथि भयो। फिल्म एउटा साहसी महिला र उसको आन्तरिक यात्राको कुरा हो। बहुपति प्रथा लगायत विषय आधार मात्र हुन्।’

हिमाली विश्वास र पारम्परिक अभ्यासलाई सिने क्यानभासमा कैद गर्ने परिकल्पनाकार तथा निर्देशक मीनबहादुर भाम नेपाली कथा ‘शाम्भाला’ लाई पहिलो चोटि बर्लिन फिल्म प्रतिस्पर्धामा पुर्‍याउने फिल्मकर्मी हुन्। हिमाली समाजको कथालाई त्यहींको मातृभाषा र लयमा भनिएको शाम्भालालाई नेपालबाट अस्करका लागि चयन गरिएको छ। कालोपोथीबाट विश्व सिनेजगत्‌ले चिनेको भामलाई शाम्भालाले झन् उच्च सोपानमा पुर्‍याइदिएको छ। 

यो फिल्मले बौद्ध दर्शन र जीवनपद्धति बाँचिरहेका हिमाली आदिवासी समुदायमा जीवित मातृसत्ताको अवशेष बहुपति प्रथामाथि फेरि एकचोटि बेस्मारी बहस उठाइदिएको छ- यो प्रथाले महिलालाई बलियो बनाउँछ कि पुरुषसत्ताकै वरिपरि परिक्रमा गराउने औसत महिलाको दर्जामा झारिदिन्छ?

सार्वजनिक भएका सिने-समीक्षा, विचार र टिप्पणी पढ्दा तिनले फिल्मले भन्न खोजेको कथालाई आआफ्नै किसिमले अर्थ्याएको मात्र होइन, त्यही बुझाइका आधारमा विमर्श गरेको देखिन्छ। यस्तो बुझाइमा केही अतिशयोक्ति र भ्रमपूर्ण तथ्य पनि पर्न गएको देखिन्छ। त्यसले दर्शकलाई समेत रनभुल्लमा पारिदिएको छ।

फिल्मलाई लिएर यतिविघ्न बहस गराउन सक्ने खूबी भएका भामसँग शाम्भालाले पैरवी गर्न खोजेको महिला स्वतन्त्रताको भौतिक र आध्यात्मिक पक्ष मात्र नभई यो फिल्म हेरेर हल बाहिर निस्किएका दर्शकका अनेकन् बुझाइमाथि पनि यथेष्ट कुराकानी  गरेका छौं। प्रस्तुत छ, भामसँग हिमालखबरले गरेको संवाद :

विस्तृत पढ्न : https://www.himalkhabar.com/news/143040

अन्तर्वार्ता : अनिता भेटवाल
क्यामरा : सुमन नेपाली
सम्पादन : राज यादव

~~~ ~~~ ~~~

हिमालखबरका थप सामग्रीका लागि:
फेसबुक :   / himalkhabar  
एक्स :   / himal_khabar  
इन्स्टाग्राम :   / himalkhabar  
टिकटक:   / himalkhabar  
थ्रिड: https://www.threads.net/himalkhabar
पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar
हिमालखबर: https://www.himalkhabar.com/

#MinBham #director #shambhala #film #nepalifilm #cinema #himalyas #buddhism #tibet #interview #himalkhabar #himalmedia #nepal

show more

Share/Embed