बहिराहरुको आवाज बनिरहेकी सीता पौडेल । आवाजविहीनको आवाज-१ । Voice of the Voiceless। PADACHAP। Ep-01 ।
Padachap Padachap
228 subscribers
1,995 views
56

 Published On Premiered May 18, 2024

उसो त आँखा हेरेरै पनि कतिपय कुरा बुझ्न सकिन्छ । हाउभाउबाट त झन् धेरै विषय उजागर हुन्छन् । आमरुपमा लाग्छ, दैनिक व्यावहारिक जीवन आँखाको भाखा र शरीरको हाउभाउले मात्र चल्दैन, सहज बन्दैन । शिक्षा, स्वास्थ्य, यातायात, सरकारी सेवा, राजनीतिक तथा संस्थागत नेतृत्वलगायत हरेक क्षेत्रमा स्पष्ट र सर्वमान्य भाषा अपरिहार्य नै रहन्छ । बोलाइ र सुनाइ दुवै क्षमता हुनेहरूका लागि त आमरुपमै मान्य हुने भाषिक मानक स्थापित छ तर, जो बोल्न, सुन्न सक्दैनन् तिनले के गर्ने ?

बहिरा व्यक्तिहरुका लागि आफ्ना कुरा भन्ने र अरुले बोलेको बुझ्ने माध्यम त्यही आँखाको भाखा र शरीरको हाउभाउ नै हो, अर्थात् संकेत हो । संकेत पनि सही, स्पष्ट र बहुअर्थी नहोस् भन्न विश्वव्यापीरुपमै विशेष प्रकारको सांकेतिक भाषा प्रचलनमा छ । मातृभाषा, संस्कृति, भूगोल, राज्य व्यवस्थाअनुसार यस्तो भाषा एकसमान भने नहुन सक्छ । नेपालमा हालसम्म ७ हजारभन्दा बढी शब्द र अक्षरको संकेत तयार भएको छ । प्राकृतिक र घरायसी रुपमा प्रचलनमा रहेका बाहेक बहिरा व्यक्तिहरु तिनै संकेतमार्फत आपसमा कुराकानी गर्छन्। तर, उनीहरुको भनाइ अन्य व्यक्तिले कसरी बुझ्ने ? उनीहरुसँग कसरी संवाद गर्ने ?

भरतपुर महानगरपालिका–१ आँपटारीकी सीता पौडेलसँग भने यी दुवै क्षमता छ । पौडेल आफैंमा बहिरा भने होइनन्, बरु बहिराहरुको आवाज मानिने दोभासे हुन् । नेपालमा ५१ हजारभन्दा बढी बहिरा व्यक्ति रहेको २०७८ को जनगणनाले भन्छ । अझ सुस्त श्रवण, श्रवण दृष्टिविहीन र स्वर तथा बोलाइसम्बन्धी समस्या हुनेहरुको संख्या त १ लाखभन्दा बढी छ । यति ठूलो समुदायसँग अन्य मानिसले गर्ने संवादको माध्यम पनि संकेत नै हो । अत: सांग व्यक्तिका लागि बहिरा व्यक्तिसँग बोल्न र उनीहरुलाई पनि बुझ्न पुल बन्छन् पौडेलजस्तै दोभासेहरू ।

मुलुकभर दोभासेहरु जम्मा १०५ जना मात्र छन् । तिमध्ये भरतपुर महानगरपालिकाभरमा पौडेल एक्ली दोभासे हुन् । भरतपुर महानगर र जिल्ला बहिरा संघ चितवनमा दोभासेको जिम्मेवारीमा रहेकी उनी बहिरा व्यक्तिहरुका घरासयी समस्याका साथसाथै उपचार, सरकारी कामकाजहरु, कानुनी बहस–पैरवी, विद्यालयमा भर्ना तथा पठनपाठन, विवाहलगायतमा सहजीकरण गर्न पुग्छिन् । पदचापको पहिलो शृंखलामा उनै पौडेलसँग कुराकानी गरेका छौं ।

*********************************************************************************************
स्वराङ्कन : सविता अधिकारी
छायाङ्कन : तुलमान गुरुङ
सम्पादन : विनोद अनुज/एलिश पौडेल
परिकल्पना/लेखन/निर्देशन : तुलमान गुरुङ/विमर्श कँडेल

सम्पर्क : [email protected]
वेबसाइट : https://padachap.com/
फेसबुक :   / padachap  
ट्विटर (एक्स) : https://x.com/padachap

*********************************************************************************************

यस च्यानलमा प्रस्तुत भएका सामग्री वा अंश अनुमतिबिना कुनै पनि माध्यमबाट प्रकाशन/प्रशारण गर्न पाइने छैन । त्यसो गरिएको पाइएमा कानुनी उपचारमा जान बाध्य हुनेछौं। धन्यवाद !

*********************************************************************************************

#padachap #deaf #deafcommunity #disability #disabled #disablecommunity #sita #poudel #interprete #interpretor #translate #translater #interview #story #stories #life #live #livestream #documentary #people #nepal

show more

Share/Embed