हेटौंडामै विश्वकै सबैभन्दा ठुलो लामो विषालु सर्प भेटिएपछि उडायो सात्तो। यसरी भयो King Cobra Rescue।
Rato Samachar Rato Samachar
3.49K subscribers
4,022 views
38

 Published On Sep 27, 2024

Hetauda-विश्वकै सबैभन्दा ठुलो लामो विषालु सर्पले उडायो सात्तो । World's longest venomous King Cobra Rescue।
हेटौंडा उपमहानगरनगरपालिका–९ दिव्यपथमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ ।
स्थानीय अनिता बलको घर छेउमा मा उक्त सर्प भेटिएको हो ।


विश्वकै सबै भन्दा ठुलो , लामो र विषलु सर्प , सर्पको राजा KING COBRA राजगोवन – कालीनाग हेटौंडा उपमहानगर भित्रै किङ्ग कोब्रा पहिलो पटक भेटिएको हो ।

उद्धार गरिएको किङ्ग कोब्रा डिभिजन वन कार्यालय हेटौंडा संगको समन्वयमा निकुञज परिसरको बन्य क्षेत्रमा छाडिएको छ ।

सर्प हेटौंडा –९ को उक्त स्थानमा देखिएको सर्प किङ्ग कोब्रानै भएको भन्दै पत्रकारीतामा सक्रिय रहेका रातो समाचार डटकममा आवद्ध पत्रकार रोशन दिपलाई खबर गरेका थिए । खबर पाएपछि पत्रकार रोशन दिप र राजेश गरिब पुगेर सर्पलाई उद्धार गरेका हुन् ।



त्रसित भएको अवस्थामा निःशुल्क अनि निस्वार्थ भावले सर्प समातेर मानिस अनि सर्पको जिवन रक्षा गरेको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरे ।



उद्धार गरिएको किङ्ग कोब्रालाई डिभिजन वन कार्यालय हेटौंडा संगको समन्वयमा आइताबार निकुञज परिसरको बन्य क्षेत्रमा छाडिएको छ ।


किङ्ग कोब्रा सर्पलाई डिभिजन वन हेटौंडाका वन अधिकृत वसन्तराज गौतमले मानव बस्ती भन्दा निकै पर निकुञज परिसरको बन्य क्षेत्रमा छाड्नका लागि अनुमती दिएका हुन् । हेटौंडा भित्र रहेर पत्रकारितामा रहेतापनि पछिल्लो समयमा सेवामुखी भएर निःशुल्क सर्प उद्धार कार्यमा खटिरहेसंगै सर्प उद्धारका लागि धन्यवाद व्यक्त गरे ।

उद्धार गरिएको किङ्ग कोब्रालाई वन अधिकृत गौतमकै अनुमतीमा सुुवेदार यादबिन्द्र पौडेल साहयक वन रक्षक भुपेन्द्र कर्की सहितको टोलीनै भएर आइताबार छाडिएको हो ।

सर्प विशेसज्ञहरुले गरेको खोज अनुसार विषेश गरि नेपालको दुई हजार २ स मिटरसम्म पाइन्छ भने नेपालका बिभिन्न सथानमा पनि देखिन थालेको छ ।

विज्ञहरुको भनाई अनुसार अतिनै बिषलु भएसंगै बुद्धिमान मानिने सर्प ।। जसले एकपटकको टोकाइमा एउटा हात्ती र २० जना मानिसलाई मार्ने विष हुन्छ ।

हेटौंडा उपमहानगर भित्रै अन्दाजी करिब १२ फिट लामो रहेका किङ्ग कोब्रा पहिलो पटक भेटिएपनि अन्य विषालु सपहरु बेन्डेड करेट, गोवन, ग्रिन पिट भाइपर भेटिने गरेको छ ।

त्यस्तैगरि अविषालु सर्पहरु कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक र धामन सर्प भने प्रसस्त भेटिने गरेको छ ।

Follow us on website
https://ratosamachar.com/

Follow us on facebook page
  / www.ratosamachar  


Facebook
  / rajesh.gareeb  

Facebook
  / roshan.deep.334  

Instagram
  / rjroshandeep  

show more

Share/Embed