माघे संक्रन्ति /मकर संक्रान्ति के हो- Maghe Sankranti/ Makar sankranti- K.B.Gurung- Read description
Fact vs myth nepal Fact vs myth nepal
5.59K subscribers
118 views
11

 Published On Mar 4, 2022

ज्योतिषका शुरुवाती अध्ययनकर्ता तथा खगोल विज्ञानका माध्यमिक विद्धार्थीहरुकालागि यहाँ थप जानकारी राखेको छु-

ज्योतिष सम्बन्धी-
(1). सूर्यको एक राशिको बास अवधि झन्डै 30 दिन मानिए तापनि सूर्य एक सौर्य मासभरि एक राशिमा बास बस्छ । यस हिसाबले सूर्यले 365 दिन (1 वर्ष)मा 12 राशिहरुको 1 चक्कर पूरा गर्छ ।

(2). चन्द्र वर्षमा 354 रहेको मानिन्छ । यस हिसाबले 1 सौर्य वर्ष र 1 चन्द्र वर्षबीच 11 दिनको अन्तर हुन्छ । किनभने सौर्य वर्ष र चन्द्र वर्षसंग संगै चल्छ, यस कारण हरेक 3 वर्षमा 1 चन्द्र मासको वृद्धि गरेर सौर्य वर्ष र चन्द्र वर्षबीच सामंजस्यता स्थापित गरिन्छ । यसलाई अधिकमास अथवा मलमास भनिन्छ ।

(3). राशिहरुको गणितलाई भविष्यवाणी (फलित)संग सम्बन्धित गर्नका 12 वटा भावहरु (प्रथम भाव, द्वितिय भाव, तृतीय भाव.............द्वादश भाव) हुन्छन् । भावको अर्थ प्रभाव (भविष्यवाणी) हो। हरेक भावमा भविष्यवाणीहरु सुनिश्चित हुन्छन् । 12 कोठाहरुको कुण्डलीमा सबभन्दा माथिको चतुर्भुज कोठा प्रथम भाव हो, प्रथम भावबाट घडीको चालका को उल्टो दिशातर्फबाट क्रमिकरुपले आउने कोठाहरु द्वितिय भाव, तृतीय भाव................र द्वादश भाव हुन् ।

(4). 12 कोठाहरुमा (कुण्डलीमा) 12 राशिहरुलाई 1देखि 12सम्मका अंकहरुले दर्शाइन्छ । 1अंकको अर्थ मेष, 2 को वृष, 3 को अर्थ मिथुन,..................12 को अर्थ मीन हो । 12 राशिहरु कुनै पनि भावबाट शुरुवात हुनसक्छ । मान्नुस् कुनै कुण्डलीको 5 औं भावमा 1 लेखेको छ भने यसको अर्थ हो मेष राशि 5 औं भाव छ । मेषपछिको वृष राशि 6 औं भावमा, वृषपछिको मिथुन राशि 7औं भावमा र अन्य बाँकी राशिहरु पनि क्रमिकरुपले बाँकी भावहरुमा दर्शाइन्छ ।

(5). हिन्दू ज्योतिषमा सूर्य (1 राशिको बास अवधि 30 दिन), चन्द्रमा (1 राशिको बास अवधि 2.25 दिन), मंगल (1 राशिको बास अवधि 45 दिन), बुध (1 राशिको बास अवधि 22.5 दिन), बृहस्पति (1 राशिको बास अवधि 1वर्ष 1 महिना), शुक्र (1 राशिको बास अवधि 22.5 दिन), शनि (1 राशिको बास अवधि 2.5 वर्ष), राहु (1 राशिको बास अवधि 1.5 वर्ष) र केतु (1 राशिको बास अवधि 1.5 वर्ष) गरेर कुल 9 ग्रहहरु हुन्छन् । आफ्नो बास अवधि अनुसार ग्रहहरु कुन कुन राशिहरुमा बास गरिरहेकाछन् भन्ने कुण्डलीमा दर्शाएको हुन्छ । उदाहरणकालागि पाचौं भावमा 1 अंकसंग गुरु लेखेको छ भने यसको अर्थ मेष राशिमा बृहस्पतिले (गुरुले) बास गरिरहेको हुन्छ । (यथार्थमा सूर्य ग्रह होइन, एक तारा हो, जबकि पृथ्वी एक ग्रह हो । यस्तै राहू र केतु काल्पनिक ग्रहहरु हुन्)

(6). कुनै कुन्डलीमा दुई अथवा तीन ग्रहहरु एकै कोठामा दर्शाएको हुनसक्छ । मान्नुस् आठौं भावमा 12 अंकको साथ सूर्य, चन्द्र र शुक्र लेखिएको छ भने यसको अर्थ हो आठौं सूर्य, चन्द्र र शुक्र 12 औं राशि मीनमा एकसाथ बसेको छ । 9 ग्रहहरुमध्ये राहू र केतु कुनै पनि अवस्थामा एकसाथ आएर बस्दैनन् ।

(7). हिन्दू ज्योतिषमा दुई किसीमका राशिहरु हुन्छन्-चन्द्र राशि र सूर्य राशि । जन्मको समय चन्द्रमा जुन राशिमा हुन्छ, त्यो जातकको चन्द्र राशि मानिन्छ । उदाहरणकोलागि जातकको चन्द्र कुण्डलीको सातौं कोठामा 3 अंकसंग चन्द्रमा लेखेको छ भने त्यसको अर्थ जातकको चन्द्र राशि मिथुन हो । जन्मको समय सूर्य जुन राशिमा हुन्छ, त्यो जातकको सूर्य राशि मानिन्छ । मानौं जातकको कुण्डलीको प्रथम कोठामा 9 अंकसंग सूर्य लेखेको छ भने त्यसको अर्थ जातकको सूर्य राशि धनु हो । यदि कुनै मानिसको जन्मको समय, वार, तिथि र मिति केही ज्ञात छैन, तर केवल सौर्य महिना थाह छ भने त्यो महिना जुन राशिको बास अवधि हो, त्यही राशिलाई त्यस मानिसको सूर्य राशि मान्न सकिन्छ । उदाहरणकालागि, बैशाखमा जन्मिनेको राशि मेष, ज्येष्ठमा जन्मिनेको राशि वृष, आषाढमा जन्मिनेको राशि मिथुन, यस्तै यस्तै............. निर्धारण गर्नसकिन्छ ।

(8). हिन्दू ज्योतिषामा लग्न कुण्डलीको अपरिहार्य महत्व छ । लग्नको अर्थ हो पूर्व क्षितिजको तारा । कुण्डलीको माथिल्लो चतुर्भुज कोठा यानि प्रथम भावको कोठा लग्न हो । यसलाई लग्न भाव पनि भनिन्छ । ज्योतिषिय गणित अनुसार मानिसको जन्मको समय, पूर्वी क्षितिजमा जुन राशि हुन्छ, त्यसलाई जातकको लग्न राशि भनिन्छ। मान्नुस् कुनै मानिस 6 बजेको सूर्योदयको बेला जन्म लिएको छ, त्यसबेला पूर्वी क्षितिजमा तेस्रो राशि मिथुन छ भने त्यसको लग्न राशि मिथुन हुन्छ । 24 घंटाको 1 दिनको गणितिय हिसाबले सूर्य हरेक 2 घण्टापछि अर्को राशिमा सर्दैजान्छ । यसलाई लग्न परिवर्तन हुँदै गएको भनिन्छ । अर्थात् 2-2 घण्टापछि लग्न राशि परिवर्तन हुन्छ । मान्नुस उक्त जातकको जन्मको 2 घंटापछि यानि 8 बजे अर्को एक मानिसको जन्म भएको

खगोल विज्ञान सम्बन्धी-

(1). 21जुन समर सोल्सटिसको बेला उत्तरी गोलार्ध र 22 दिसम्बर विंटर सोल्सटिसको बेला दक्षिणी गोलार्ध सूर्यतर्फ अत्यधिक झुकाव राख्छ भन्नुको अर्थ ती दुबै दिनमा सूर्य र पृथ्वीको दूरी वर्षभरिमा सबभन्दा कम हुन्छ भन्ने बिल्कुलै होइन । सूर्यको कक्ष अंड वृताकार भएको वर्षमा सूर्य र चन्द्रमाको दूरी 1 पटक निकटतम र 1 पटक अधिकतम अवश्य हुन्छ । 3 अथवा 4 अथवा 5 जुलाईमा सूर्य पृथ्वीबाट अधिकतम दूरीमा हुन्छ। यस स्थितिमा पृथ्वी र सूर्यको बीचको दूरी 15.21 करोड़ किमी हुन्छ। यस अवस्थालाई अपसौर (Aphelion) भनिन्छ । 3 अथवा 4 अथवा 5 जनवरीमा सूर्य पृथ्वीबाट निकटतम दूरीमा हुन्छ। यस स्थितमा पृथ्वी र सूर्यको बीचको दूरी 14.7 करोड़ किमी हुन्छ । यस अवस्थालाई पेरिहिलियन उपसौर (perihelion) भनिन्छ ।

(2). वर्षभरिमा 2 पटक उत्तरी गोलार्ध र दक्षिणी गोलार्धको सूर्यतर्फको झुकाव बराबर हुन्छ । यस स्थितिमा दिन र रात बराबर हुन्छ । यसलाई विषुव इक्विनॉक्स भनिन्छ । यो स्थिति हरेक वर्ष 20 अथवा 21 मार्च तथा 22 अथवा 23 सितंबरमा हुन्छ । मार्च विषुव (vernal equinox/spring equinox)को बेला उत्तरी गोलार्धमा वसंत र दक्षिणी गोलार्धमा शरद हुन्छ। सितंबर विषुव (autumn equinox)को बेला उत्तरी गोलार्धमा शरद र दक्षिणी गोलार्धमा वसंत हुन्छ।

show more

Share/Embed