जाहेरी दरखास्त सम्बन्धी महत्वपुर्ण जानकारी । जाहेरी दरखास्त के हो ? जाहेरीको ढाँचा समेत प्रस्तुत
Awasar Awasar
15.4K subscribers
34,428 views
1.1K

 Published On Oct 9, 2021

जाहेरी दरखास्त भन्नाले के बुझिन्छ ?
जाहेरी = सूचना ।
दरखास्त ‍‌= कुनै कामका निमित्त दिईने निवेदनपत्र ।
जाहेरी दरखास्त = सकारवादी फौजदारी मुद्दामा कुनै वारदात वा घटनाको बारेमा पहिलो सूचना वा जानकारी दिन पेश गरिने दरखास्त ।
अपराधहरू जस्तैः कृर्ते, ठगी, चोरी, डाँका, बलात्कार, घरेलु हिंसा, बोक्सीको आरोप, वहुविवाह आदि अपराधिक कार्यको कारवाहीको लागि प्रहरी कार्यालयमा दिईने लिखत जाहेरी दरखास्त हो ।
जाहेरी दरखास्त भनेको कुनै अपराध भएको वा भइरहेको वा हुन लागेको छ भन्ने थाहा पाउने व्यक्तिले त्यससम्बन्धी जानकारी वा आफूले देखेजानेसम्मको कुरा खुलाई नजिकको प्रहरी कार्यालयमा दिने दरखास्त वा सूचना हो ।
जाहेरी दरखास्तलाई अङग्रेजीमा First Information Report (FIR) पनि भनिन्छ ।
जाहेरी दरखास्त किन दिने र कसरी दिने ?
जाहेरी दरखास्त किन दिने ?
जाहेरी दरखास्त अपराधसम्बन्धी सूचना प्रदान गर्ने महत्वपुर्ण स्रोत हो ।
यसले अपराधसम्बन्धी प्रमाण संकलन गर्न र अपराधी पत्ता लगाई सजाय गर्न सहयोग गर्छ ।
जाहेरी दरखास्त फौजदारी मुद्दाको कामकारवाहीको लागि दिईन्छ ।
जाहेरी दरखसास्तकै आधारमा प्रहरीले अनुसन्धान गर्ने गर्छ । जाहेरी परेपछि फौजदारी मुद्दाको कामकारवाही सुरु हुन्छ ।
जाहेरी दरखास्त कसरी दिने ?
लिखित वा मौखित कुनै पनि तरिकाले जाहेरी दिन सकिन्छ ।
मौखितरुपमा जाहेरी दिँदा प्रहरीले त्यसलाई लेखी जाहेरवालाई पढेर सुनाउनुपर्छ र सहिछाप गराउनुपर्छ ।
फोन, हुलाक वा अन्य व्यक्तिमार्फत पनि जाहेरी दिन सकिन्छ । तर त्यसरी जाहेरी दिंदा प्रहरीले वास्तविक जाहेरी दिने व्यक्तिसँग सूचनाबारे सोधेर मात्रै कारवाही अगाडी बढाउन सक्छ ।

#जाहेरी #जाहेरीदरखास्त #न्यायसेवा #Awasar

show more

Share/Embed